भदौ १७ – सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर सर्वसाधरणलाई महंगीको मार थपिदिएको छ ।

सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल÷मट्टितेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो ।

यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेलरमट्टितेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

निगम घाटामा रहेकाले घाटा पूर्तिका लागि मूल्य बढाइएको बताइएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ रहेको बताइन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।