भदौ १७ – तराईमा भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगत सिंह समूहले ६६ थान हातहतियार र ९ थान गोली सरकारलाई बुझाएको छ ।
एक महिनाअघि सरकारसँग पहिलो चरणको वार्ता गरेको सो समूहले आज उक्त ठूलो परिमाणका हातहतियार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको हो ।

भगत सिंहले आज बुझाएको हतियार अनुसार ६३ थान कटुवा पेस्तोल , एक थान सिक्सर , एकथान भरुवा बन्दुक, एउटा पेस्तोल र बिभिन्न बन्दुक र पेस्तोलमा लाग्ने ९ राउण्ड गोली रहेका छन् ।

सो पार्टीले यसअघि साउन २० गते ८ थान विभिन्न हतियारहरु प्रहरी समक्ष बुझाएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापा र प्रहरी उपरिक्षक सौरभ राणाको उपस्थितीमा पार्टीका प्रवक्ता सुवासचन्द्र सिंह भनिने मनोजकुमार मण्डलको नेतृत्वमा बिभिन्न जिल्लाबाट संकलन गरी ल्याइएको हतियारहरु प्रहरीलाई बुझाइएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।