भदौ १५ – भक्तपुरमा एक अज्ञात समूहले घरभित्रै पसेर १२ लाख रुपैयाँबराबरको धनमाल लुटेर लगेको छ ।

भक्तपुरको दधिकोट गाविस–९ स्थित गोपालप्रसाद पाठकको घरमा अज्ञात समूहले गएराति करिब १२ लाख रुपैयाँबराबरको धनमाल लुटपाट गरेको हो ।

राति १ बजे पाँच जनाको सङ्ख्यामा आएको नकाबधारी समूहले खुकुरी र रड देखाएर घरका परिवारलाई नियन्त्रणमा लिई धनमाल लुटपाट गरेको बताइएको छ ।

लुटेरा समूहले १० तोला सुन, सात किलो चाँदी, पाँच थान मोबाइल र ८० हजार नगद लुटपाट गरेको पीडितपरिवारको भनाई छ ।

प्रहरीले लुटेराहरुको खोजी कार्य भईरहेको जनाए पनि अहिलेसम्म कोही पनि पक्राउ भने परेका छैनन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।