१४ भदौ । महोत्तरी जिल्लाको सीमावर्ती नाका कट्टीमा बुधबार एक नेपाली युवकको हत्या भएको छ ।

हत्या हुनेमा जिल्लाको इटहर्वा–२ घर भएका २२ वर्षीय छोरा सतिशकुमार सिंह रहेको छ । हिजोदेखि घरबाट बाहिर निस्केका सतिशको शव आज साँझ भारत र नेपालको सीमा कट्टीमा फेला परेको छ ।
सिंहलाई किन र कसले हत्या गरेको भन्ने कुरा खुल्न नसके पनि प्रहरीेले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।