भदौ १३ – पश्चिम चितवनको मेघौलीमा घास काट्न गएका एक व्यक्तिलाई बाघले खाएको छ ।

बाघको आक्रमणबाट मृत्यु हुनेमा मेघौली गाविस–२ सालवासका ५० वर्षीय दिलकुमार कुमाल रहेका छन् ।
उनलाई घर नजिकैको सामुदायिक वनभित्र घाँस काट्न गएको अवस्थामा बाघले खाएको हो ।

बाघले सामुदायिक वनभित्र मध्यान्न १२ बजे आक्रमण गरे पनि कुमालको शव भने साँझ ५ बजे भेटिएको प्रहरीले जनाएको छ ।

मृतक कुमालको शवलाई परीक्षणका लागि भरतपुर ल्याइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।