
त्यसो त त्यहाँ आइतबार र सोमबार मात्रै ३३४ व्यक्तिको शव फेला परेको छ ।
राजधानी दमास्कसको दक्षिणपूर्वमा पर्ने दाराया सहरमा ३३४ व्यक्तिको शव फेला परेको मानव अधिकारवादीहरुले सार्वजनिक गरेका हुन् ।
सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसार अल–असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही महिनायता आएर गृहयुद्धमा परिवर्तन भएको हो ।
त्यहाँ मर्नेहरुको न त कुनै गणना छ न त कुनै सरोकार नै । मानिस कुकुर झैँ मरिहेका छन् मारिरहेका छन् । मानवताबिहीन जस्तै उजाड छ अहिले सिरिया ।
राष्ट्रपति बसार अल असादलाई सत्ताच्युतका लागि विद्रोहीहरुले आन्दोलन चकाईरहे पनि त्यहाँ बगेको रगत र निराशाका बहावबाट हामी सबैले पाठ सिक्न भने आवश्यक छ । अहिले यसरी त्यसै–त्यसै रगतमय, निराशमय, चिहानमय बनिरहेछ सिरिया :
एजेन्सीहरुको सहयोगमा