भदौ ११ (रासस) – अन्तरराष्ट्रिय सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी तथा यौन पर्यटन (सेक्स टुरिजम) कार्यक्रम गर्न खोज्ने काठमाडौं महानगरपालिका–६ कुमारीगाल नयाँबस्ती बस्ने ४० वर्षीय किर्तन पोखरेललाई सोही क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
निज पोखरेलले क्रिसी क्रिसको नामबाट “बुङ्गा बुङ्गा” इभेन्ट सिर्जना गरी सो मार्फत “बुङ्गा बुङ्गा” नामक पार्टी आयोजना गर्ने, पार्टीमा ११ देखि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी निजहरूबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिहरूका लागि दुई हजार युरो खर्च लाग्ने भत्रे सूचना प्रवाह गरेको देखिएको र सो इभेन्टमा केही फेसबुक प्रयोगकर्ताहरूले लाइक गरेको पाइएको प्रहरीको भनाइ छ ।

साथै निज पोखरेलले २० भन्दा बढी इमेल ठेगानाको प्रयोग गरी इन्टरनेट सुविधाको दुरूपयोग गर्दै फेसबुकमा नक्कली इभेन्ट राखी रकम उठाई अन्तरराष्ट्रिय सङ्गठित अपराध गर्न सक्ने तथा फेसबुकमा बनाएको इभेन्टबाट अन्तरराष्ट्रियरूपमा निज यौन पर्यटन गर्ने कार्यमा संलग्न रहेको र आर्थिक लाभका लागि निजले प्रयोग गरेका इमेल ठेगानाहरू मार्फत नग्न तस्वीरहरू आदानप्रदान गर्ने गरेको आधारमा भदौ ८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पोखरेललाई पक्राउ गरेको थियो ।

निजलाई विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।