भदौ १० – कञ्चनपुरमा दरवन्दी रहेका एक जना सशस्त्र प्रहरीका हवल्दारले विष सेवन गरी आत्महत्या गरेका छन् ।

सशस्त्र प्रहरीको शैलेश्वरी गण गर्जमनी कञ्चनपुरमा दरवन्दी रहेका अन्दाजी वर्ष ३४ का हवल्दार अर्जुन सिं भण्डारीले आज आत्महत्या गरेका हुन् ।
सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरीमा एक महिने कम्प्युटर तालिमका क्रममा रहेका हवल्दारले विष सेवन गरेको बताइएको छ ।

विष सेवनको लगत्तै उनलाई उपचारका लागि कैलालीको अत्तरीस्थित सेवा नर्सिङ होममा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

बैतडीका स्थायी बासिन्दा रहेका भण्डारीको विष सेवन गर्नुको कारण भने खुल्न नसकेको छैन ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।