भदौ ७ – बिहीबार राति करिब १० बजेर १५ मिनेटको समयमा देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकी भूगर्भ सर्भेको साइटले जुम्लाबाट १०१ किलोमिटर टाढा केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।

सो भूकम्पको धक्का चितवन, स्याङ्जा, गोरखा, पर्वत, तनहँ , दैलेखका  साथै पूर्वी नेपालमा पनि महसुस गरिएको बताइएको छ ।

भूकम्पको क्षति विवरण भने आउन सकेको छैन ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।