भ्रष्टचारी पूर्वमन्त्रीको चर्तिकला कहिले बन्द हडताल त आज फैसला विरुद्धमा अदालत

साउन ६ – सुन्दा पनि यो देशमा अचम्म अचम्मै सुन्नुपर्छ भन्नुहोला । तर भ्रष्टचारीलाई पनि अदालत जानका लागि भने कानुनी रुपमै छुट छ । यहाँ बुझ्नु पर्ने कुरो बरु के भने नैतिकता भएको मान्छे भए पहिलो कुरो भ्रंष्टचार नै गर्दैन थिए ।
दोस्रो कुरा अदालतले भ्रष्टचारीको सर्टिफिकेट दिएपछि थपक्क जेलमा गएर बस्नको सट्टा कहिले मोटरसाइकल र्याली, कहिले बन्द हडताल त आज अदालततिर तमासा देखाउन पनि जानै पर्दैन थियो ।

तर न त इज्जत न त नैकिता नै भएपछि जे गर्दा पनि त हुँदोरहेछ नि ?

त्यस्तै भएको छ पूर्वमन्त्री तथा कांग्रेसी नेता खुम बहादुर खड्का भ्रष्टचार प्रकरण प्रक्रिया पनि । उनलाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गरेको हो । तर उनी अझै आफू भ्रष्टचारी होइन भन्न कहिले कार्यकर्तालाई उक्साएर बन्द हडताल गरिरहेका छन् त कहिले के चर्चिकला । आज भने उनी सर्वोच्चको फैसला विरुद्ध अदालत पुगेर पुनरावेदन गर्ने रे ।

एक साता अघि सर्वोच्च अदालतले खड्कालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्षको कैद र जरिवाना सुनाएको थियो । त्यसैको विरुद्धमा उनी आज पुनरावेदन जान लागेका हुन् ।

उनी धरौटी राखेर जेल नगई फैसला पुनरावेदन गर्न पाउनुपर्ने निवेदनका साथ त्यहाँ जान लागेका हुन् । भ्रष्टचारी पूर्वमन्त्री खड्का पुनरावेदन अदालत जानु अघि काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताइएको छ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउने समेत बताइएको छ ।

Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. अहिले सर्सर्ती हेर्ने हो भने हाम्रो देश नेपालमा पुर्वाग्रही धङगबाट नेपाली काङ्ग्रेस का नेताहरुलाई छानी छानी भ्रस्तचार मुद्दा लगाइरहेको छ । वास्तबमा यि नेताहरुसँग त पुर्खेली देखिको सम्पती हरु पनि छन । तर यहाँ हिजो जङ्गल मा हुने हरु आज ठुला ठुला महल र गाडीमा हिंड्नेहरुको पनि सम्पती छानबिन गर्नुपर्छ अनि मात्र नेपाली जनताहरुले भ्रस्तचार उन्मुलन हुन लागेको महशुस गर्दछ । अन्यथा एउटा राजनीती दल सत्तामा हाबी हुँदा अर्को राजनीति दलका नेताहरुलाई फसौउने चाल मात्र हो भन्ने बुझिन्छ ।

    Comments are closed.