भदौ ४ – उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई कांग्रेस एमालेका कार्यकर्ताले आज लहानमा कालो झण्डा देखाएका छन् ।

कार्यकर्ता भेटघाटका क्रममा लहान पुगेका एमाओवादी उपाध्यक्ष समेत रहेको उप–प्रधानमन्त्री श्रेष्ठलाई कालो झण्डा देखाइएको हो ।
उनी लहानको प्रवेशमा पुग्दा त्यहाँ भेला भएका कांग्रेस एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

वर्तमान सरकारको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका कांग्रेस एमालेले त्यहाँ मन्त्री आउने थाहा पाएपछि सडकमा ढुकेर बसेका थिए ।

मन्त्री त्यहाँ पुग्ने बित्तिकै कांग्रेस र एमालेका कार्यकर्ताहरुले सुरक्षाकर्मीको घेरा तोडेर कालो झन्डा देखाएका थिए ।

सरकारको विरोधमा चर्को नाराबाजी गर्दै कालोझण्डा देखाउनेहरु र रोक्न खोज्ने सुरक्षाकर्मीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो ।

कालो झण्डा देखाउने क्रममा कांग्रेस र एमालेका दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा समेत लिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई अहिले भने छाडेको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।