भदौ ४ – चितवनको माडी गर्दीमा घरको चोटाबाट लडेर ज्यान गएको भनिएकी एक महिलाको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ ।
स्थानीयवासी र मृतक महिलाका माइती पक्षले सानो घरको झुप्रो मात्रै भएको र चोटा नभएकाले श्रीमान्ले नै कुटपिट गरेको जनाएपछि अनुसन्धानमा यस्तो फेला परेको प्रहरीले जनाएको हो ।

गएको भदौ १ गते राति चोटाबाट लडेको भनेर उपचारका लागि ल्याइएकी २१ वर्षीया सरिता परियारको भदौ २ गते उपचारका क्रममा भरतपुरमा मृत्यु भएको थियो । श्रीमान् नारायण परियारले चोटाबाट लडेको प्रहरीमा जानकारी गराएपछि सोहीअनुसार परीक्षण गरेर शव बुझाइएको थियो ।

तर मृतकका माइतीपक्षले कुटपिटबाट मृत्यु भएको जाहेरी दिएपछि आइतबार उनलाई पक्राउ गरी चितवन प्रहरी कार्यालय ल्याइएको र मुद्दा दर्ता गरिएको छ ।

साँझ रक्सीले मातेर घर आएपछि घरायसी विवादका कारण उनलाई कुटपिट गरेको र बेहोस भएको मृतकका श्रीमान् परियारले स्वीकारेको प्रहरीको भनाई उधृत गर्दै राससले उल्लेख गरेको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।