भदौ २ – नगरकोट घुम्न गएको अवस्थामा एक जोडी लुटिएका छन् ।

जङ्गलको एकान्त खोल्सामा बसिरहेको अवस्थामा एक जोडी युवायुवतीलाई जङ्गलको बीचमा लुटपाट गरिएको हो ।

नगरकोट जाने बाटोको जङ्गलको एकान्त खोल्सामा बसिरहेका विजय शाह र लिलिमा चालिसेलाई तीन जनाको अज्ञात समूहले आज दिउँसो लुटपाट गरेको प्रहरीले जनाएको छ ।

नकाबधारी समूहले उनीहरूबाट एक थान ल्यापटप, दुईवटा मोबाइल, चाँदीको एक थान ब्रासलेट र केही नगद चोरी लगेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।