काठमाडाैं ३ भदौं । सहरी विकास मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने कर्मचारी र ठेकेदारलाई कारवाही गर्ने निर्णय गरेको छ ।
सहरी विकास मन्त्रालयमा  शुक्रबार बसेको मन्त्रीस्तरिय बैठकले मुलुकमा सञ्चालित परियोजनाहरुको काम समयमै सम्पन्न नगर्ने सम्बन्धीत ठेकेदार, कर्मचारी तथा परियोजनामा सम्लग्नलाई कारवाही गर्ने निर्णय भएको हो । मन्त्रालयका सह सचिव द्धारिका श्रेष्ठको संयोजकत्वमा पाँच सदस्य टोली समेत गठन भएको छ । अन्य सदस्यमा आर्थिक, प्रसाशन, प्राविधिक र कानूनी क्षेत्रका प्रतिनिधि सहभागी छन् । समितिले १५ दिन भित्र विभिन्न परियोजनाको कामको अध्ययन गरि प्रतिवेदन मन्त्रालयमा बुझाउने निर्णय भएको छ । 
सहरी विकास मन्त्री प्रभु साहले लामो समयसम्म विभिन्न सरकारी परियोजनाका काम थालेपनि समयमै सम्पनन नहुने, ठेकेदार आफ्नो जिम्मेवारीबाट उम्किने, कर्मचारीले समयमै  सम्बन्धित निकायमा कामको. बारेमा जानकारी नगराउने समस्या देखा परेपछि छानविन गरि कारवाही गर्न लागिएको बताए ।  
मन्त्री साहले भवन सम्बन्धी सम्झौता गर्ने , १० वर्षसम्म पनि काम सम्पन्न नगर्ने, तोकिएको मापदण्डमा तोकिएको समयमा काम नहुनुका कारण छानविन गरेर दोषी पत्ता लगाई कारवाही गरिने बताए । सरकारी लगानी भएका परियोजनामा सम्पन्न गर्न ध्यान नदिने कर्मचाारी र ठेकेदारलाई विभागिय कारवाही गरिने साहले स्पष्ट पारे  । मन्त्रालयले काम प्रति जिम्मेवार नहुने ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।