काठमाडौं ३ भदौ

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको दाहिने खम्बा मानिएका देवेन्द्र पौडेलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किने अन्तिम तयारी गरेका छन् ।
पौडेलसहितका १५ जना नेताले शुक्रबार धु्रविकरण संयोजन समिति गठन गरेका थिए । तर, संयोजक भट्टराईले पौडेलसहितका १५ जना शिर्ष नेतालाई पार्टीबाट हटाएको छ । भट्टराईले पौडेलसहितका नेता माओवादीमा फर्कन लागेको थाहा पाएपछि हतार हतार कारबाही गरेका हुन् । यसअघि पार्टी सुदृढीकरणका लागि भन्दै अभियान अन्तर्गत पत्रकार सम्मेलन गरेका उनीहरुलाई नयाँ शक्ति पार्टीले निष्काशित गरेको हो ।
पार्टी संयोजक भट्टराईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी नीति र विचार विपरित गतिविधि गरेकाले उनीलाई पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपालले नेताहरु देवेन्द्र पौडेल, वामदेव क्षेत्री, मुक्ति प्रधान, महेन्द्र पासवान, पासाङ शेर्पा, कुमार पौडेल, शुसिला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, बाहीद्र अन्सारी, हरि चौलागाई, शर्मिला तामाङ, रत्न राना र रविन्द्र सुनुवार लगायतका १५ जनालाई पार्टी निष्काशन गरेको हो ।
पौडेलसहितका नेताहरुले २६ साउनमा पत्रकार सम्मेलन गरेर डा. भट्टराईको कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै पार्टी सुधारका लागि आग्रह गरेका थिए । त्यसलगत्तै संयोजक भट्टराईले २७ साउनमा सबै १५ नेताहरुलाई स्पष्टिकरण सोधेका थिए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।