भदौ २ – भैरहवा–लुम्बिनी सडक अन्तर्गत कम्हरिया–८ मा मोटरसाइकलको ठक्करबाट एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ गइरहेको लु.११प २१०५ नम्बरको मोटरसाइकलले पैदलयात्री कपिलवस्तु डुमराका ६५ वर्षीय रामराज केवटलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

सो क्रममा मोटरसाइकल चालक गजेडी–७ का हेमराज थारू गम्भीर घाइते भएकाले उपचारका लागि अस्पतालमा पठाइएको र मोटरसाइकल प्रहरी नियन्त्रमणमा रहेको प्रहरीले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।