शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतलको निर्णय पूर्वाग्रही भएको बताएको हो । कांग्रेसले फैसलाका विरुद्धमा पुनरावलोकनमा जाने निर्णय गरेको छ । कांग्रेसले भनेको छ खुमबहादुरको फैसलालाई सर्वोच्चको पूर्ण इजलासले पुनरावलोक गर्नुपर्छ ।
मंगलबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री खुमबहादुर खड्कालाई भ्रष्टचारी ठहर गर्दै डेढ बर्षको कैद सँगै ९४ लाख ७४ हजार बिगो र बिगोअनुसारकै जरिवानाको फैसला गरिसकेको छ । पार्टीको तागतले नै हुनुपर्छ खड्का अझैसम्म पनि सजायको कार्यान्वयनका लागि अदालतमा उपस्थित भएका छैनन् ।
भ्रष्टचारीलाई जेल पठाउँन छोडेर यता कांग्रेस भने भ्रष्टचारी केन्द्रीय सदस्यको बचाउँमा लागेको छ । शुक्रबार सर्वोच्चको फैसला विरुद्ध राजधानीको सानेपामा सानो समूहका कांग्रेस कार्यकताले मोटरसाइकल र्याली समेत निकालेका छन् ।









