साउन ३१ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रय सहमतिको बाताबरण बनाएर मुलुकलाई अग्रगति दिनुपर्ने सरकारले मोर्चाबन्दी गरेर राष्ट्र बिखण्डन गर्ने बाटोमा लागेको भन्दै आपत्ति जनाएका छन् ।

 पार्टी मुख्यालय बल्खुमा पत्रकाहरुसंग कुरा गर्दै अध्यक्ष खनालले मुलुकको अहिलेको आबश्यकता राष्ट्रिय सहमति भएको भन्दै सत्तारुढ दलहरुले गरेको मोर्चा बन्दीलाई बिखण्डनकारीहरुको गुटको संज्ञा दिए ।

प्रतिपक्षी दलहरुले मोर्चाबन्दी नगरेको दाबी गर्दै मोर्चाबन्दी मुलुककका लागि हानीकारक भएको खनालको भनाई छ । उनले राष्ट्रिय सहमति निर्माणका लागि आफुहरुले मोर्चाबन्दी गरेका दलहरुसंग छलफल गर्ने पनि बताएका छन् ।

संघीयता पक्षधरहरुको भनेर अन्य दलहरुलाई संघियताको बिरोधी देखाउनु हस्यास्पद भएको भन्दै उनले एकिकृत नेकपा माओबादीले बनाएको मोर्चामा आफुहरुलाई सहभागी हुन गरेको आह्वानलाई ठाडै अस्विकार गरे । सत्तारुढ दलहरुले टिकाउनका लागि मोर्चाबन्दीमा उत्रिएको अध्यक्ष खनालको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।