साउन ३१ – भियतनाममा उडानको क्रममा रहेको एक विमानमा बिकनी सुन्दरीहरुले विमान भित्रै बिकनी नृत्य देखाएपछि त त्यहाँ रमाइलो मात्रै नभएर खैलाबैला नै मच्चिएको छ ।
त्यहाँको प्रमुख पर्यटकीय स्थलमा उडानको दौरान रहेको एक निजी विमान कम्पनीले यात्रुको स्वागत गर्न पाँच बिकनी सुन्दरीको नृत्य प्रस्तुत गरेको थियो तर उक्त विमान कम्पनीले यस्तो कार्य गराउँदा हवाई नियमको उल्लङ्घन भएको भन्दै जरिवाना भने भिराइएको छ ।
सो विमान कम्पनीमाथि ९५६६११ डलरको आर्थिक जरिवाना लगाइएको थियो । उता विमान कम्पनीले सफाई दिदै छुट्टी मनाउने मुडमा निस्किएका पर्यटकलाई केवल स्वागत र मनोरंजनका लागि नृत्य पेश गरेको भन्दै आफुले जरिवाना नतिर्ने बताएको छ । अन्त्यमा कम्पनीले बिकिनी शोको पुर्व जानकारी नगराएकोमा १००० डलर जरिवाना तिरेको थियो ।
सो विमानमा पाँच सुन्दरीहरुले तीन मिनेट सम्म हवाई नृत्य प्रस्तुत गरेका थिए सो नृत्य यात्रुहरुको स्वागतका लागि गरिएपनि यात्रुहरु भने धिक्क मानेको बताइएको छ । हेर्नुहोस तल त्यही बिकनी नृत्य








