साउन ३१ – मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सिरहाको इटहर्वा गाविसमा गएराति एक महिलाको मृत्यु भएको छ ।

घरमा मोबाइल चार्ज गर्ने क्रममा इटहर्वा गाविस–२ निवासी २६ वर्षीया इन्दुदेवी पासवानको राति ९ बजेतिर अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।