तपाईले कुनै एक विवाहित जोडी अर्थात एक महिला र एक पुरुषले उनीहरु दुईबीच मात्रै दर्जनौँ पटक बिहे गरेको खबर कतै सुन्नु भएको छ ? छैन होला ? छैन भने, र, अब सुन्नु भयो भने अचम्म नमाने हुने भएको छ ।

किन की एक यस्तो जोडी छन् । उनीहरुले अहिलेसम्म २२ पटक बिहे गरिसकेको छन् ।
यो पढिरहँदा तपाईलाई अचम्म पनि लागिरहेको होला । कसरी एउटै जोडीले २२ पटक बिहे गर्छन त नि भनेर । तर कुरो के भने, बेलायत निवासी एक जोडीले विभिन्न देश पुगेर त्यहाँको रितिरिवाज चालचलन अनुसार बिहे गरेका हुन् ।

२३ वर्षीय एलेक्स पेलिग र ३० वर्षीया लीसा ग्रान्ट वास्तवमा विश्व भ्रमण गर्ने उद्देश्यले भ्रमणमा निस्केका थिए । तर उनीहरु जुन देश गए त्यहाँको चलन अनुसार बिहे गरेर फर्किएका हुन् । त्यसरी बिहे गर्ने क्रममा उनीहरुले अहिलेसम्म २२ पटक बिहे गर्न पुगेका हुन् ।

३० राष्ट्र भ्रमण गर्ने उद्देश्य लिएर विश्व भ्रमणमा निस्केको उनीहरुले हालसम्म २२ राष्ट्र घुमिसकेका छन् भने २२ पटक नै बिहे पनि गरेका हुन् ।

अनि यी जोडीको अझै ८ राष्ट्र घुम्ने चाहना छ भने उनीहरुले त्यहाँको चलन अनुसार अझै ८ बिहे पनि गर्दैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।