साउन २६ – यातायात व्यवसायी र सरकार बीच आज भएको वार्ता असफल भएपछि बन्द लम्बिने सम्भावना बढेको छ ।

सरकारसँगको आजको वार्ता असफल भएपछि यातायात व्यवसायीले अनिश्चितकालीन बन्दलाई निरन्तरता दिने भएका छन् । शुक्रबार सरकार र यातायात व्यवसायी बीच भएको वार्तामा सरकारले व्यवसायीका माग सम्बोधन गर्न नसकेको भन्दै यतायात व्यवसायीले आन्दोलनलाई निरन्तरता दिने बताएका हुन ।

सरकारी वार्ता टोलीले वार्ताका लागि थप गृहकार्यको खाँचो परेको बताएको छ भने व्यवसायीको तर्फबाट वार्तामा सहभागी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालले भने सरकारले व्यवसायीको मागलाई वेवास्ता गरेकाले बन्दको कार्यक्रम लम्बिने बताएका हुन ।

शुक्रबारबाट यातायत व्यवसायीले थालेको आन्दोलनको मारमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु परेका हुन । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले संयुक्त रुपमा अनिश्चितकाली बन्दको घोषणा गरेका हुन । बन्दको समर्थनमा सम्पूर्ण यातायत व्यवसायी एकजुट भएका छन् ।

व्यवसायीहरुले छुट्टै यातायत मन्त्रालयको गठन, यातायात क्षेत्रलाई उद्योग सहर मान्यता, ट्राफीक प्रहरीलाई दिइएको थप अधिकार खारेज, यातायात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन, विमालाई नीतिगत रुपमा लागु गनराउँनुपर्ने लगायत १५ बुँदे माग सरकार समक्ष राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।