साउन २६ – सार्वजनिक तथा भाडाका सवारी चलाउनेहरुले नै सवारी साधन धन्क्याएर आन्दोलनमा उत्रिएपछि सर्वसाधरणले सास्ती बेहार्न बाध्य भएका छन् ।

काठमाडौँ उपत्यका लगायत देशभरै आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भाडाका यातायात बन्द गरेपछि सर्वसाधरणलाई सास्ती बढेको हो ।

महासङ्घले यातायात मन्त्रालय गठन र यातायात व्यवसायलाई उद्योग सरहको मान्यता दिनुपर्नेलगायतका माग गर्दै आजदेखि आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण सडकमा सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन ।

सवारी साधन नचलेपछि विभिन्न क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।

महासङ्घले यातायत क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौती समाधान गर्नका लागि छुट्टै मन्त्रालय गठनलगायतका माग गरिएको भए पनि सरकार संवेदनशील नभएकाले देशभर यातायात बन्दको आह्वान गरिएको बताएको छ ।

सार्वजनिक तथा भाडाका यातायात बन्द गरिए पनि नीजि क्षेत्रका सवारी साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।

यसैबीच, महासङ्घ र सरकारबीच गएराति भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ता पुनः आज आज २ बजेपछि बस्ने बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।