साउन २४ – नवगठित नेकपा–माओवादीले देशको सार्वभौमिकता खतरामा परेको भन्दै आन्दोलन थालेको छ ।

राष्ट्रिय स्वाधीनता र देशको सार्वभौमिकता खतरामा परेको भन्दै जनतालाई जागरुक बनाउन नेकपा–माओवादीले राष्ट्रिय स्वाभिमानको अभियान सुरु गरेको जनाएको छ ।

आज एक कार्यक्रमकाबीच माओवादी उपाध्यक्ष सिपी गजुरेलले सो अभियानको उद्घाटन गरेका छन् । उदघाटनका क्रममा उनले देशव्यापीरुपमा अभियानलाई लैजाने उदघोष गरे ।

अभियानले देशभक्त शक्तिहरूको देशव्यापी ध्रुवीकरण सिर्जना गर्ने र राष्ट्रिय स्वाधीनताको आन्दोलनको आँधीबेहरी ल्याउने उनको भनाई छ ।

उदघाटनका क्रममा उनले अहिलेको युगमा सेना नै पठाउन नपर्ने बताउँदै सिक्किममा भारतले सेना पनि नपठाएको र बन्दुक पनि नपड्कायो उल्लेख गर्दै सिक्किमको स्वाधीनता सिध्याएको कुरा बिर्सन नहुने बताए । अहिले नेपाललाई पनि त्यही शैली अपनाइँदै गरेको उनको खुलासा थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।