साउन २४ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी छाड्नुपर्ने माग राखेर एमाले निकट युवा संघले लगातार बिहान बिहान नेपाल बन्द गरेपनि बन्द सर्वसाधरणका लागि मात्रै हैरानी थपिनु भन्दा बाहेक अरु केही पनि बन्न सकेको छैन ।

बन्दले सरकारलाई केही छुँदा पनि छोएको छैन तर सर्वधारणलाई भने मर्का परिरहेको छ ।

सरकारको बिरोधमा भन्दै एमालेको भ्रातृ संगठन युवा संघ नेपालले गरेको बन्दले आज पनि बिहान ६ बजेदेखि ३ घण्टासम्म काठमाडौ सहित देशका मुख्य ठाउँमा गाडी नंचल्दा बिहान बेलुकी श्रम गरेर हात मुख जोड्ने वर्गमा भने नराम्रो मार परेको छ ।

यस्तै सो समयमा स्कुल तथा क्याम्पसहरु सञ्चालन नहुँदा पठनपाठन समेत ठप्प भएको छ । तर युवा संघले शिक्षण संस्था भने चल्न दिने बताएको छ ।

बिहान ९/१० बजे एकैपटक गाडी चल्दा काठमाडौको सडकमा चाप बढ्ने गरेको छ । गाडी जाम हुँदा दिउँसो खुल्ने स्कूल, क्याम्पस र कार्यालय पनि समयमा सञ्चालन हुन सकिरहेका छैनन् ।

युवा संघले आइतबार र सोमबार बिहान ४ घण्टा काठमाडौ उपत्यकामा मात्र चक्काजाम गरेको थियो । तर हिजो भने ४ घण्टा नेपाल बन्द गरे पनि आज आएर बन्द तीन घण्टा मात्रै गरेको हो ।

यसरी, प्रतिपक्षी दलहरु कहिले सार्वजनिक समारोहमा बाबुराम सरकारको राजीनामा माग्ने त कहिले सर्वसाधरणलाई मार पर्ने गरी बन्द गरेर कुर्सी चाड भन्दा पनि उनले भने हलचल गरेका छैनन् ।

त्यसो त उनले कुर्सी छाडी गएमा त्यसपछिको अवस्था पनि झनै अन्यौल हुने भने पक्कापक्की छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।