साउन २३ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्दै गरिएको चक्काजाम तथा बन्दले सर्वधारणले हैरानी खेप्न बाध्य हुनु परेको छ ।
सरकारको बिरोधमा भन्दै एमालेको भ्रातृ संगठन युवा संघ नेपालले गरेको बन्दले आज पनि बिहान ६ बजेदेखि नै काठमाडौ सहित देशका मुख्य ठाउँमा गाडी नचल्दा बिहान बेलुकी श्रम गरेर हात मुख जोड्ने वर्गमा भने नराम्रो मार परेको छ ।
यस्तै सो समयमा स्कुल तथा क्याम्पसहरु सञ्चालन नहुँदा पठनपाठन समेत ठप्प भएको छ ।
बिहान १० बजे एकैपटक गाडी चल्दा काठमाडौको सडकमा चाप बढ्ने गरेको छ । गाडी जाम हुँदा दिउँसो खुल्ने स्कूल, क्याम्पस र कार्यालय पनि समयमा सञ्चालन हुन सकेनन् ।
युवा संघले आइतबार र सोमबार बिहान ४ घण्टा काठमाडौ उपत्यकामा मात्र चक्काजाम गरेकोमा मंगलवार भने देशभर चक्काजाम आह्वान गरेको हो । चक्काजाम १० बजेपछि खुलेको छ ।
Comments