साउन २२ – नेपाली साकिराको उपमा समेत पाइसकेकी अहिलेकी चर्चित गायिका तथा मोडल इन्दिरा जोशीलाई सायद नचिन्ने त कमै होलान् । यदि नामबाटै नचिने पनि उनका गीतहरु त सबैले नै भुनभुनाउने गरेका छन् ।

उनी नै कहिले फिल्मका गीतहरु गाएर तहल्का मच्चाउछिन् त कहिले श्रीलंकन गीत गाएर विश्व तताउँछिन् । ती नै इन्दिरा जोशी आज भोलि भने भन्न थालेकी छन् कथा वस्तु राम्रो भएको फिल्म आएमा खेल्छु ।

उनले फिल्मको कथावस्तु सांगितिक फाँटमा आधारित भएर कसैको जिवनमा मेल खाने यथार्थतामा आधारित खालको कथावस्तु भएको फिल्मको अफर आए र राम्रो व्यानर भएमा त्यस्तो फिल्म आफूले स्वीकार्ने बताएकी हुन् । इतिहासमा आधारित तथा कसैको जीवनमा आधारित मूमिको भूमिका निर्वाह गर्ने पनि आफ्नो इच्छा भएको उनको भनाई छ ।

जिउ डाल चिटि–चट्ट परेकी । सौन्दर्यताले पनि साथ पाएकी उनलाई त्यसो त फिल्म खेल्नका लागि नै भनेर अफर नै नआएको भने होइन । तर उनले अहिलेसम्म फिल्म खेल्न भने आनाकानी गर्दै आएकी छन् ।

गीत संगीतमा मात्रै नभएर सौन्दर्यताका कारणले पनि मोडलिङ फाँटमा समेत छुट्टै पहिचान बनाईसकेकी उनले कुराकानीकै सिलसिलामा यस्ता रहस्यहरुको उदघाटन गरेकी हुन् ।

गायिका जोशीले पछिल्लो समयमा नेपाली कथानक चलचित्र लुटको आइटम गीत उध्रेको चोली छ है त्यही पनि लाइन्छ भन्ने गीतमा स्वर भरेपछि त्यसले कुनै बेला कलिउड बजार नै तताएको थियो । त्यसो त जोशीले भर्खरै श्रीलंकन एक गीतमा समेत नेपाली शब्दमा नै स्वर भरेकी छन् ।

श्रीलंकन सो गीतमा स्वर मात्रै नभरेर मोडलिङ समेत गरेपछि उनको चर्चा अहिले झनै बढेको छ । उनकै शब्दमा भन्ने हो भने अहिले विदेशबाट पनि इमेलको थुप्रो आउने गरेका छन् ।

इन्दिराले अहिले भने आफ्नै गीत डान्स युथ मि एल्बलको प्रचार प्रसार जुटेकी छन् । उक्त एल्बमको दुई वटा गीतको म्युजिक भिडियो भने तयार भइसकेको उनले जानकारी दिइन् । हलिउड स्टाइलमा आधारित उक्त गीतहरुमा उनी आफैँले पनि मोडलिङ गरेकी छन् ।

यसैबीच, गायिका इन्दिरा जोशी एक कार्यक्रमका लागि जापान जान लागेकी छन् । उनी अगस्ट ९ तारिखका दिन जापान जान लागेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।