नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले बन्दुक उठ्न सक्ने चेतावनी दिएका छन् ।


आन्तरिक पार्टी प्रशिक्षणका क्रममा रुकुम पुगेका उनले क्रान्तिकारी पत्रकार महासङ्घ रुकुमद्वारा आज बिहान सदरमुकाम खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी दिएका हुन् ।

सो क्रममा उनले अहिलेको राजनीतिक निकासका लागि गोलमेच सम्मेलन उत्तम विकल्प भएको बताएका छन् ।

पत्रकारहरुसँग उनले आफूहरु अधिकारविहीन नेपाल होइन अधिकारसहितको नेपाल निर्माणका अभियानमा लागेको भन्दै आफ्ना माग सहज रुपमा पूरा नभए बन्दुक समेत उठ्न सक्ने बताए ।

बन्दुक उठे अहिले सत्तामा बसेका दल र नेताका कारण उठ्ने भन्दै सचिव चन्दले बन्दुक उठाउनु रहर नभएको स्पष्ट पारे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।