साउन १९ – दाङमा आज अत्याधिक वर्षासँगै आएको बाढीले बगाएर उद्धारमा खटिएका प्रहरी हवल्दासहित तीन जनाको ज्यान गएको छ ।

सतवरिया गाविस वनघुस्री नजिक बगाएका व्यक्तिहरुको उद्धार गर्न खटिएका ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामबहादुर रानाको मृत्यु भएको हो ।

यस्तै मृत्यु हुनेहरु अन्यमा सिसहनिया गाविस–४ की ४५ वर्षीया खैरु निसाद र गोवडिया गाविस निवासी ज्ञानबहादुर पुन रहेका छन् ।

अविरल वर्षाले देउखुरी क्षेत्र आसपासका करिब एक दर्जन गाविस डुवानमा परेको बताइएको छ ।

गएरातिदेखि परेको वर्षाका कारण अन्य देशका विभिन्न स्थानमा पनि बाढी तथा पहिरोमा परि आधा दर्जन बढीको ज्यान गइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।