राष्ट्रपति डाक्टर रामवरण यादवले रक्षा बन्धन ग्रहण गरेका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज शितल निवासमा पुगि राष्ट्रपति यादवलाई रक्षा बन्धन लगाईदिएको हो । यसअघि आजै सेवा केन्द्रले कांग्रेस सभापति कोइरालालाई रक्षा बन्धन लगाई दिएको थियो ।
स्नेह, शान्ति र शक्तिको प्रतिकको रुपमा दिदी–बहिनीहरुले आफ्ना दाजुभाईलाई श्रावण पुर्णिमाका दिन रक्षा बन्धन लगाइदिने परम्परा छ ।
|