साउन १६ – भक्तपुरस्थित एक कलेजका प्रिन्सिपलको हत्या भएको छ । भक्तपुर कमल विनायकस्थित नियोलोजन स्कुलका प्रिन्सिपल सुजन पौडेलको आज हत्या भएको अवस्था फेला परेको हो ।

प्रिन्सिपलसँगै विद्या साखकर्मी नामक एक महिलाको पनि त्यहाँ हत्या भएको अवस्थामा शव फेला परेको छ ।

भक्तपुर प्रहरी प्रमुख नारायणसिंह खड्काले दुवैलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको बताएका छन् ।

प्रहरीले घटनास्थल एकान्त बाँसघारीभित्र रहेको र शव भने नजिकै एउटा मोटरसाइकलमा फेला परेको बताएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ भने परेका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।