साउन १५ – भारतमा आज एक रेलमा आगलागी हुँदा ४२ जनाले ज्यान गुमाएका छन् । सोमबार बिहान भएको उक्त आगलागीमा थप २५ जना घाइते भएका छन् भने सो रेलबाट ६६ यात्रुलाई भने सकुशल उद्दार गरिएको छ ।

आन्द्र प्रदेशको नेलोरमा दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।

रेल आगलागीबाट मृत्यु हुनेका परिवारलाई ५ लाख रुपैयाँका दरले तथा गम्भीर घाइतका परिवारलाई एक लाख रुपैयाँ र सामान्य घाइतेका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।