साउन १५ –  भौतिक सेवा सुविधा अर्थात खानेपानी, यातायात, स्वास्थ्य, शिक्षा लगायतका सेवा सुविधाका लागि पहाडबाट तराई या त गाउँबाट शहर बसाई सरेजस्तै केशरमहलमा रहेको शिक्षा मन्त्रालय आजदेखि बसाई सरेर सिंहदरबारमा जादैछ ।

सिंहदरबारको संसद् सचिवालयसँगै बनेको नयाँ भवनमा आजदेखि मन्त्रालयको काम थालनी गर्न बिहान १० बजे शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ भवनको उद्घाटन गर्नेछन् ।

केशरमहलमा विभिन्न आन्दोलन र धर्नाका कारण काममा असहजता आएपछि मन्त्रालय सिंहदरबारमा सर्ने भएको मन्त्रालयको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।