बलत्कारी बालकलाई सुधारगृहमा लान न्यायाधीशको आदेश I

साउन १२ – सात वर्षीया बालिकालाई बलत्कार गर्ने सङ्खुवासभा जिल्ला मादी राम्वेनीका सुरेश विकलाई जिल्ला अदालतले सुधारगृह पठाउन आदेश दिएको छ ।

घरमै बालिकालाई बलत्कार गरेको आरोपमा गत असार १६ गते पक्राउ परेका १५ वर्षीय विक बालक भएको भन्दै जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश शालिकराम कोइरालाको इजलासले निजलाई कारागारमा नभई बालसुधारगृह, भक्तपुर पठाउन आदेश दिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।