नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले १० दिने चीन भ्रमणपछि चीनले नेपालमा संघीयताका नाममा भइरहेको विदेशी चलखेल नरुचाएको बताएका छन् ।


वैद्य चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको निमन्त्रणामा १० दिने चीन भ्रमणपछि आज नेपाल फर्कएका हुन् । वैद्यले नेपालका माओवादीसँग चीनको सम्बन्ध सुमधुर भएको बताउँदै चीनले नेपालको संघीयताका विषयमा विदेशी चलखेल बढेको विषयमा चासो व्यक्त गरेको बताएका हुन ।


१० दिने चीन भ्रमणका क्रममा वैद्यले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख वाङ र कम्युनिष्ट नेता आइ पीङसँगको भेटमा चीनलले नेपालको शान्ति र सुशासन भएको हेर्न चाहेको तर संघीयताका विषयमा भइरहेको विदेशी चलखेललाई भने नरुचाएको उल्लेख गरेका हुन् ।

असार ३१ गते चीन भ्रमणमा गएका वैद्य १० दिने चीनको भ्रमण सकेर आज नेपाल फर्किएका हुन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।