साउन ११ – मकवानपुर जिल्ला अदालतले हेटौँडा नगरपालिका–१० निवासी श्रीमती सङ्गीता थापालाई अवैधरूपमा ढुकुटी खेलाई विभिन्न व्यक्तिलाई ठगी गरेको
आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
निमित्त न्यायाधीश कोशलेश्वर ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो ।
अभियुक्त सङ्गीताले ढुकुटीमा सहभागी विभिन्न छ जनालाई करिब रु ३५ लाख ३५ हजार ७९५ रकम फिर्ता गर्दा गत वर्षको कात्तिक, मङ्सिर र पुसमा विभिन्न बैंकको खाली चेक थमाइदिएको मकवानपुर जिल्ला अदालतले जनाएको छ । रासस
|
|
Comments








