सरकारले पूर्व विशिष्टलाई आजीवन सरकारी सुविधा दिने विषयमा गरेको निर्णयको विरुद्धमा सर्वसाधारणले उठाएको चर्को दबाबले नेतालाई पोल्न थालेको छ ।


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सरकारी सुविधा वापतको गाडी फिर्ता गरेपछि पूर्व सभामुख रामचन्द्र पौडेलले समेत गाडी फिर्ता गरेका छन् ।

पौडेलले पूर्व सभामुखको हैसियतामा प्रयोग गर्दै आएको बा.१ झ ८५९ नम्बरको स्कार्पियो गाडी आज मुख्य सचिव माधव घिमिरेलाई बुझाएका हुन । सरकारले केही हप्ता अगाडि पूर्व विशिष्टलाई आजीवन सुविधा दिने विषयमा गरेको निर्णयको चर्को विरोध भएपछि भटाभट सरकारी सुविधा वापतका गाडी फिर्ता हुन थालेका हुन ।

आजै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी सुविधा वापतको गाडी फिर्ता गरिसकेका छन् भने पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै कार्यकर्ताको दबाबमा राजधानीको भृकुटी मण्डपमा एक साता अघि भएको सातौँ विस्तारित वैठकबाटै सरकारी सुविधा वापतको गाडी फिर्ता गर्ने घोषणा गरेका हुन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।