साउन १० – जङ्गली च्याउ खाँदा बिरामी परेका बाराको सिहर्वा गाविसका एकै परिवारका ६ जनाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विषालु च्याउ गएराति तरकारीका रूपमा खाएका बारा सिहर्वा गाविस–८ निवासी टीका पाण्डे निजकी श्रीमती मैयाँ पाण्डे, छोराहरू वसन्त पाण्डे, रमेश पाण्डे र छोरीहरू सरिता पाण्डे र सम्झना पाण्डे बिरामी भएका छन् ।
अस्पतालका अनुसार बिरामीमध्ये मैयाँ पाण्डेको अवस्था गम्भीर रहेको छ ।
|