साउन ९ – दक्षिणी छिमेकी राष्ट्र भारतको असाम राज्यमा जातीय दंगा भड्किदा २५ जनाको ज्यान गएको छ ।

हिंसामा उत्रेकाहरुले मनलागी ढंगले एक अर्काको घरमा आगजनी गर्नुका साथै घरमा रहेको महिला र बालबालिकालाई कुटपिट पनि गर्न थालेपछि हिंसा नियन्त्रण भन्दा बाहिर गएको छ ।

आसामका कोकराझार र चिरांग जिल्लामा जातिय दंगा भड्किएकोले सयौं सर्वसाधरण आ–आफनो निवास छोडी भागेका हुन् ।

हिंसाले उग्र रुप लिएपछि आसामको विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्यहाँ मुसलमान र बोडो जातिबीच भएको हिंसाका कारण घर छोडेकाहरुलाई शरणार्थी क्याम्पमा राखिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । Photo: BBC Hindi

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।