साउन ७ – डोल्पाका लागि उडेको ९ एन माउन्टेन हेलिकोप्टर मौसम खराबका कारण दुई पटकसम्म आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट डोल्पाका लागि आज उडेको हेलिकोप्टर मौसम खराबीको कारण दुई पटकसम्म बागलुङको बुर्तिवाङमा आकस्मिक अवतरण गर्न परेको हो ।

सो हेलिकप्टर ढोरपाटन क्षेत्रमा मौसम खराब भएपछि आकस्मिक रुपमा बिहान ९ बजे र पुनः दिउँसो १ बजे अवतरण गरेको थियो ।

चालक दिपक पुन सहित ३ जना सवार उक्त हेलिकोप्टरले खराव मौसमका कारण आकस्मिक अवतरण गरेपछि तीन घण्टा सम्म बसेर मौसम खुल्ने सम्भावनाको खोजी गरेको थियो । केही खुलेको पाएपछि अर्घाखाँचीको बाटो हुँदै डोल्पा लैजानका लागि चालकले प्रयास गरेपनि असफल भएपछि फेरी बुर्तिवाङ स्थित इलाका प्रहरी कार्यालयको परिसरमा अवतरण गराइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।