साउन ६ – ललितपुरको सुन्दरीघाटमा सुकुम्बासीलाई राख्ने निर्णयको विरोधमा तीन दिनसम्म ललितपुर बन्द हुने भएको छ ।

ललितपुरको सुन्दरीघाटमा अस्थायी रुपमा सुकुम्बासी राख्ने सरकारको निर्णय फिर्ता गर्न माग गर्दै स्थानीयले तीन दिन ललितपुर बन्दको आह्वान गरेका हुन् ।

सुकुम्बासीलाई कुनै पनि हालतमा सुन्दरीघाटमा राख्न नदिने भन्दै संघर्ष सतितिले आईतबारदेखि लगातार तीन दिन ललितपुर बन्दको घोषणा गरेका हुन् । बन्दलाई कांग्रेस,एमाले र नेकपा–माआवादीले पनि समर्थन गरेका छन् ।

सरकारले सुन्दरीघाटमा अधिग्रहण गरेको जग्गामा सुकुम्बासीलाई राख्न उपयुक्त विकल्प देखेपनि सरकार विरुद्ध आन्दोलन थालेका काँग्रेस, एमाले र वैद्य नेतृत्वको माओबादीले यसलाई राजनैतिक रङ दिएका छन् । ती राजनीतिक दलहरुकै उक्साहटमा स्थानीयहरुले सुकुम्बासी लाई राख्न नदिने अडान लिएको स्रोतले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।