काठमाडौं ३० साउन
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ । आज साँझ चिनियाँ उच्चस्तरीय टोलि पाकिस्तानबाट सिँधै बिशेष बिमानमा नेपाल उत्रने कार्यक्रम रहेको छ ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी भईरहेको बेला हुन लागेको चिनिया पक्षको उच्चस्तरीय भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।
नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् ।
Comments