साउन ३ – वातावरण विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा कार्यरत् मासिक ज्यालादारी कर्मचारीहरूले एक वर्षदेखि तलब नपाएपछि विभागको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।

विभागमा कार्यरत् नौजना मासिक ज्यालादारी सेवाका कर्मचारीलाई गत वर्षदेखि नै विभागीय प्रशासनले तलब उपलब्ध नगराएको भन्दै कर्मचारीहरूले विभागको मूलद्वारमा मंगलबार तालाबन्दी गरेका हसन् ।

एक आर्थिक वर्षभरि नै तलब नपाउँदा आफूहरू घोर अपमानमा परेको बताउँदै विभागका कर्मचारी रमेश बस्नेतले पटकपटक तलब उपलब्ध गराउन माग गरिए पनि विभागीय प्रशासनले बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य गर्नुपरेको बताए ।

तालाबन्दीका कारण विभागको सम्पूर्ण पठनपाठन एवम् प्रशासनिक कार्य पूर्णरूपमा ठप्प भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।