इन्टरनेट प्रविधिको क्षेत्रमा ख्याति कमाएका कम्पनीहरु गुगल र याहुबीचको लडाई नयाँ भने होइन । यी दुईबीच मुद्दा हालाहाल तथा अदालतमा आमुने सामुने हुँदै आएकै हुन् ।
तर पछिल्लो पटक के भयो भने याहुले गुगलका एक प्रमुख अधिकारीलाई आफ्नो नयाँ कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
केही कता भने यो नियुक्तिलाई यी दुई बीच हुँदै आएको लडाईसँग पनि जोडेर हेर्ने गरेका छन् ।
जे भए पनि याहुको नयाँ कार्यकारी अधिकृतमा ३७ वर्षिय मरिसा मायर एक वर्ष भित्र याहुको तेस्रो मुख्य कार्यकारी अधिकृत बन्न पुगेकी छिन् । गुगलकी पूर्व कर्मचारी मरिसाले याहुको नेतृत्व गर्ने अवसर पाएर सम्मानित भएको महशुस गरेको बताएकी छिन् । गुगल सर्च इन्जिन र कम्पनीको होम पेज बनाउनमा मरिसाको महत्वपूर्ण भूमिका रहेको थियो ।
याहुका यस अघिका मुख्य कार्यकारी अधिकृत स्कट टम्सनले आफ्नो शैक्षिक योग्यताको विषयमा गलत जानकारी दिएको आरोप लागेपछि राजीनामा दिएका थिए ।
गुगल र सोशल नेटवर्किङ कम्पनी फेसबुक संचालनमा आएपछि याहुले निकै चुनौतिको सामना गर्न परिरहेको छ । चर्को प्रतिष्पर्धामा याहुले मानिसहरुलाई आकर्षित गर्न असफल रहेको बताइन्छ ।
|