नेपाली कथानक चलचित्र बिन्दाससँगै जोडिएको नायिका सुष्मा कार्कीको एउटा तस्बीर यतिबेला निक्कै चर्चामा छ । जुन तस्बीरमा सुष्माले दुवै हातले आफ्नो स्तन निचोरेकी छन् ।
चलचित्र विन्दासको पोष्टरमा आफ्नो चरित्र हत्या हुने खालको पोष्टर हालेको भन्दै नायिका सुष्मा कार्की भने निर्माणपक्षसँग सोही विषयमा रुष्ट भएको समेत बताइन्छ ।
निर्माणपक्षसँग असन्तुष्टि जनाउँदै हिडेकी सुष्माले निर्माणपक्ष विरुद्ध मुद्दा हाल्ने समेत धम्की दिएकी छिन् । आफ्नो मोबाइल नम्वर समेत परिवर्तन गरी निर्माण पक्षबाट सम्पर्क बिहिन रहेकी सुष्मा आजसम्म निर्माणपक्षसँग चाँही सम्पर्कमा नआएको बताइएको छ ।
निर्देशक राजु गिरीले सुष्माको डविङ मात्र गर्न बाँकी रहेको बताउँदै उनलाई केही दिन कुर्ने र उनी नआए अर्कै आवाजमा डविङ गर्ने बताए ।
विन्दास चलचित्रमा प्रयोग गरिएको पोष्टर कप्युटरबाट बनाएको र उक्त पोष्टरले आफ्नो चरित्र हत्या भएको भन्दै उनले निर्माणपक्षलाई कुनै सहयोग नगर्ने बताएकी थिईन् ।
चलचित्र विन्दासको पोष्टरमा कम्प्युटरबाट फोटो बनाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भनेर सुष्माले भनिरहेको बेला उनले सुटिङको बेला दिएको पोज भने यस्तो रहेको रहेछ
|