असार ३१ – मन्त्री परिषदको आज बसेको बैठकले बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०६९÷७० मा खर्च गर्न ल्याउन लागिउको एक तिहार्इ बजेट सिफारिसका लागि राष्ट्रपतिसँग अनुरोध गरेको हो ।
बैठकले राष्ट्रिय वाणिज्य बैंकको पुँजीकरणका लागि चार अर्ब ३२ करोड निकासा दिने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले नेपाल बैंकको एक अर्ब ३७ करोडबराबरको हकप्रद सेयर खरिद गर्ने निर्णय पनि गरेको बुझिएको छ ।
यसैबीच, प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन शितल निवास पुगेर राष्ट्रपति रामवरण यादवलाई मन्त्रिपरिषद्को निर्णय बारे जानकारी गराउँदै अध्यादेश पेस गरेका छन् ।
सरकारले आज अन्तरिम संविधानको धारा ९६९क० अनुसार तृतीयांश बजेट ल्याउन लागिएको हो ।
|