अखिल नेपाल साँस्कृतिक सङ्घमा धेरैदेखि गुम्सिएको विकृतिको कारण यो बिधिवत रुपमा विभाजन भएको छ ।

हालको निमित्त सहमतिको आधारमा गठन भएको साहित्यकार कमला प्रसाईको एउटा पक्ष र अर्कोतर्फ भनिन्छ निर्वाचनमा हुँदै नभएको सदस्यहरु खडा गरी २५ प्रतिशत मात्र खसेको मतलाई ७५ प्रतिशतको कृतिम मत देखाई अत्याधिक मतले विजय देखाउन सफल वरिष्ठ साहित्यकार गीता खत्रीको पक्ष गरी दुई चिरामा अनेसास विभाजन भएको हो ।

यो अर्ध डायस्पोरिक साहित्यको निमित्त क्षतिको सूचक हो र अनेसासले जमाएको एकाधिकारको अन्त्य हो । विश्वभरी छरिएर रहेको अनेसासका च्याप्टरहरु आ-आफ्नै ढङले अनेसास केन्द्रको कारण यसबाट सम्वन्ध त्यागेर नयाँ नयाँ साहित्यिक संगठनको नामले जन्मन सक्ने प्रवल सम्भावना समेत देखिएको छ ।

केन्द्रमा साहित्यकार तथा संस्थापक अध्यक्ष होम नाथ सुबेदीको नाममा दर्ता भएको कारण अनेसासलाई पूनर्दर्ता समेत गरिन सक्ने आसय पनि व्यक्त भएको देखिन्छ । व्यक्तिगत सम्पत्ति वा निजी संस्था जस्तो देखिएकोले साहित्यकार कमला प्रसाईको पक्ष दर्ता नविकरण गरी अनेसासलाई संस्थाकै स्वामित्वमा विकसित गर्ने दाउमा छ भने साहित्यकार होम नाथ सुबेदीको विशेष सहयोगको कारण निर्वाचनलाई आफ्नो पक्षमा भएको देखाउन सफल वरिष्ठ साहित्यकार गीता खत्रीको समुह दर्ताको विषयलाई लिएर धेरै गन्थन नगर्ने पक्षमा जान सक्ने देखिन्छ ।

स्वयम श्रीमती गीता खत्रीको नाममा न्यू योर्क च्याप्टर दर्ता भएको कुरा उठ्न सक्ने भएकोले दर्ताको कुरा ढाक छोपमा जान सक्छ ।

विधान संशोधनको कुरालाई लिएर वरिष्ठ साहित्यकार गीता खत्रीको समुहमा मनमुटाव हुन सक्ने कुरालाई नजर अन्दाज गर्न सकिन्न ।

पूर्व अध्यक्ष गदाल र साहित्यकार होम नाथ सुबेदीबीच पुरानो झगडा फेरी बल्झन सक्ने कुरामा दुईमत हुनै सक्दैन । पुरानो कार्य समितिमा साहित्यकार सुबेदीलाई बचाउने निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बज्गाईं र केन्द्रिय सदस्य गोपी कृष्ण काफ्ले थिए भने श्रीमती गीता खत्री समुहसँग दुबै जनाको सरोकार नभएकोले साहित्यकार सुबेदीलाई केही कुरामा पछार्ने दाउ हेरिरहेको पूर्व अनेसास अध्यक्ष गदाल केही भारी हुने देखिन्छ ।

ज्ञानेन्द्र गदालको सकृयतामा निर्वाचनमा उत्पन्न विवाद र बिपक्षले लगाएको आरोपलाई मान्ने हो भने उनकै कुनिएतको कारण निर्वाचनमा देखिएको अनियमितताको परिणामले भविष्यको दिनमा प्रभाव पार्ने देखिन्छ ।

साहित्यकार कमला प्रसाईको पक्ष भने अनेसास विधान समय सापेक्ष बनाउने पक्षमा देखिन्छ ।

अनेसास दुई चिरामा बिभाजित देखिए पछि आधिकारिकताको प्रश्नलाई लिएर विवाद उत्पन्न हुन सक्ने देखिन्छ । निवर्तमान अध्यक्ष कृष्ण बज्गाईंको संयोजकत्वमा गठन भएको विशेष समितिले सहमतिको कार्य समितिको निमित्त साहित्यकार कमला प्रसाईको अध्यक्षतामा अनेसासलाई समय सापेक्ष ढंगबाट अघि बढाउने शिफारिसलाई शर्वसम्मतिबाट पारित गरेको कुरालाई विश्वभरीका नेपाली तथा नेपालीहरुले संचालान गरेका अंग्रेजी समाचार पत्रहरुले प्राथमिकता दिई आधिकारिकता दिएको देखिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।