असार २८ – नेपाल टेलिकमले यही साउन १ गतेदेखि ल्यान्डलाइन टेलिफोन सेवा तथा सिडिएमए मोबाइलमा फोन गर्न एसटिडी सुविधा नचाहिने व्यवस्था गर्न तयारी सुरु गरेको छ ।

हाल नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन सेवा तथा सिडिएमए सेवाबाट कम्पनीको अर्को अञ्चलमा रजिष्टर्ड भएको नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा कल गर्दा एसटिडी सुविधा चाहिने व्यवस्था छ ।

यो सुविधा अन्तरदेशीय सुविधा नभएका सम्पूर्ण ल्यान्डलाइन तथा सी(फोनबाट पनि अर्को अञ्चलमा रजिष्टर्ड भएको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा कल गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीको ल्याण्डलाइन तथा सी–फोनसेवाबाट कम्पनीको जिएसएम तथा सिडिएमए मोबाइलमा कल गर्दा मुलुकभर प्रतिकल रु १ (कर बाहेक) मात्र लाग्ने व्यवस्था गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।