असार २६ – महोत्तरीमा प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरीको धमौरा गाउँ विकास समितिबाट गएराति जिल्लाको अध्यानपुर बस्ने २१ वर्षीय जुमन कवारी, २२ वर्षीय तौशिष शेष र विजलपुरा बस्ने ३० वर्षीय नागेन्द्र मण्डल पक्राउ परेका हुन् ।

प्रहरीले निजहरुबाट नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरेको छ ।

यसैगरी, लागुऔषध गाँजा ओसार–पसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले कोल्हुवा वगेपा–९ (बथनाहा) बस्ने ५० वर्षीया लक्ष्मी चौधरीलाई पक्राउ गरेको छ ।

गाँजा कारोबारी चौधरीलाई प्रहरी प्रधान कार्यालय लागुऔषध कार्यान्वयन निकाय काठमाडौँबाट सादा पोसाकमा आएका प्रहरीले निजको घरबाटै पक्राउ गरिलगेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।