असार २५ – नवगठित नेकपा–माओवादी निकट विद्यार्थी भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को विस्तारित बैठक यही असार २२ देखि २३ गतेसम्म कीर्तिपुरमा हुने भएको छ ।

राष्ट्रिय आत्मसमर्पणवाद र नव संशोधनवादविरुद्ध विद्रोहको आह्वान, जनशिक्षा प्राप्तिका लागि १९ औँ राष्ट्रिय सम्मेलन भन्ने मूल नारासहित सङ्गठनको १९ औं राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय भएको सो संगठनले जनाएको छ ।

संयोजक रसाइलीको संयोजकत्वमा १०० सदस्यीय आयोजक समिति पनि निर्माण गरिएका छ ।

क्रान्तिकारी विद्यार्थी संघले सहिद र बेपत्ता योद्धा तथा सिमान्तकृत समुदायका विद्यालयतहका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले रु एक लाखबाट एक अक्षयकोषसमेत स्थापना गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।